-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathnews_2025-01-24.json
245 lines (245 loc) · 125 KB
/
news_2025-01-24.json
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
{
"date": "2025-01-24T19:31:39.665Z",
"news": [
{
"slug": "140352",
"title": "महाभारत पर्वत शृङ्खलाको डढेलो हेलिकप्टरबाट नियन्त्रण प्रयास",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ ।",
"longContent": "काभ्रेपलाञ्चोक, माघ ११ गते । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ । गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो । खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो । आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो ।बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रण भन्दा बाहिर गएको जनाउँदै आएको थियो ।अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार २ नं वडास्थित गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाएको हो ।जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट सुरू भएको आगोलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिनुभयो ।उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले वनमा आगो कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएका उहाँले बताउनुभयो । “हुरीबतास चलिरहेकाले आगो फैलनसक्ने जोखिम पनि उत्तिकै देखिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगलागीबाट के–कति क्षति भयो भन्नेबारे एकीन गर्न सकिएको छैन ।जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थामलेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमासमेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान बेथानचोक गाउँपालिकाले बिहीबार सूचनामार्फत आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई रोक लगाएको छ ।डढेलो नियन्त्रण गर्ने उद्देश्यले बिहीबार वन कार्यालयमा बसेको सुरक्षा प्रमुखको बैठकले वैकल्पिक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो । प्रजिअ ढकालका अनुसार बुधबार साँझदेखि स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत स्थानीय आगो नियन्त्रण गर्न लागिरहेका छन् । जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । प्रहरीले भने आगलागीबाट हालसम्म कुनै मानवीय र वन्यजन्तुको क्षति नभएको जनाएको छ । रासस",
"link": "https://gorkhapatraonline.com/news/140352",
"image": "https://gorkhapatraonline.com/storage/media/247412/conversions/Fire_image-original-thumb.jpg"
},
{
"slug": "140351",
"title": "बागमतीमाथि सुदूरपश्चिमको जित",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।",
"longContent": "अविनाश चौधरीधनगढी, माघ ११ गते । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको सुपरफोर चरणको खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा ऋतु कनौजियाले अविजित ३४, करिस्मा थापाले १६ र कविता कुँवरले १३ रनको योगदान दिनुभयो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै सात विकेटको नोक्सानमा ११२ रन बनाएको थियो । बागमतीलाई सोनु खड्का र मनिषा उपाध्यायले सामान तीन-तीन विकेटको सफलता दिलाउनु भएको थियो । ११३ रनको जित लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेको बागमती प्रदेश अन्तिम दुई बल बाँकी छँदा आफ्नो सबै विकेट गुमाएर ८२ रन मात्रै बनाएपछि सुदूरपश्चिमले जित हात पा¥यो । बागमतीका लागि यशोदा विष्टले ३० र हेलिसा गुरुङले २३ रन बनाउनु भयो । बलिङ गर्दै सुदूरपश्चिमका लागि कविता कुँवर र करिस्मा थापाले दुई-दुई विकेट लिनुभयो । त्यस्तै, आशिका महरा र ऋतु कनौजियाले एक-एक विकेट लिनुभयो । खेलमा ३४ रन बनाउनुका साथै एक विकेट लिनु भएकी कनौजिया प्लेयर अफ द म्याच घोषित हुनुभयो ।",
"link": "https://gorkhapatraonline.com/news/140351",
"image": "https://gorkhapatraonline.com/storage/media/247407/conversions/PM222-cup-ff-original-thumb.jpg"
},
{
"slug": "140350",
"title": "चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।",
"longContent": "सिच्याङ, माघ ११ गते । चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ । उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको थियो । प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने छ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरणको लागि मञ्चको रूपमा पनि काम गर्नेछ । यो प्रक्षेपण लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५५८ औं मिशन थियो । रासस, सिन्ह्वा",
"link": "https://gorkhapatraonline.com/news/140350",
"image": "https://gorkhapatraonline.com/storage/media/247406/conversions/china-raket-fff-original-thumb.jpg"
},
{
"slug": "140347",
"title": "सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : सञ्चारमन्त्री",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ।",
"longContent": "नवीनराज कुइँकेललमजुङ, माघ ११ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताउनुभएको छ।लमजुङको सुन्दर बजारमा शुक्रबार १० औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने बताउनुभएको हो।ठगीमा संलग्नलाई कारबाही गर्दै पीडितलाई न्याय दिने बताउनुभयो।“सहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ।खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरुको भ्रम मात्र हो”, मन्त्री गुरुङले भन्नुभयो, “संकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो ।”मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गर्नुभयो।उहाँले छ हजार बढी सहकारी पीडितले बचत फिर्ता पाइसकोको र पीडितले छिटो न्याय पाउन भन्नका लागि अधिकार सम्पन्न सहकारी प्राधिकारण गठन गरेको बताउनुभयो।उहाँले नागरिकको सेवालाई प्रभावकारी बनाउन, उद्योगी व्यवसायीलाई व्यापार व्यवसायको वातावरण बनाउन, सुशासन कायम गर्न, भूमि तथा वन सम्बन्धीसहितका १३ वटा पुराना ऐन संशोधन गरेर चारवटा विधयक ल्याएको बताउनुभयो।मन्त्री गुरुङले अबको दिनमा यहाँको कृषि, पर्यटन, स्वास्थ्य, उद्योग व्यवसाय, शिक्षा, प्रशासन, आदि क्षेत्रमा एआईको प्रयोगको लागि ऐन बनाउन लागिएको बताउनुभयो।अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ सञ्चारमन्त्री गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताउनुभएको छ।कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङले प्रष्ट पार्नुभयो। उहाँले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेकाले बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताउनुभयो।वर्तमान सरकारले विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उहाँको भनाइ छ। कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले महोत्सवले जिल्लाको आर्थिक विकासका लागि टेवा पुग्ने बताउनुभयो।शुक्रबारदेखि सञ्चालन भएको महोत्सव १० दिनसम्म सञ्चालन हुने र करिब दुई करोडको आर्थिक कारोबार हुने आयोजक समितिका संयोजक आनन्द श्रेष्ठले जानकारी दिनुभयो।",
"link": "https://gorkhapatraonline.com/news/140347",
"image": "https://gorkhapatraonline.com/storage/media/247399/conversions/cover-photo-original-thumb.jpg"
},
{
"slug": "140346",
"title": "लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ।",
"longContent": "काठमाडौँ, माघ ११ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ।जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई हामी अवश्य ग्रहण गर्नेछौँ”, सभापति देउवाले भन्नुभयो।नयाँ संविधान जारी भएसँगै सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक चुनाव सम्पन्न भइसकेको बताउँदै उहाँले दोस्रोपटक तीनै तहको निर्वाचन सम्पन्न भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको उल्लेख गर्नुभयो। “सबै स्थानीय तहमा जनतालाई दिने सेवा सुविधालाई प्रभावकारी र चुस्त बनाउँदै हामी तीव्र आर्थिक र सामाजिक विकाससहितको समृद्धितर्फ अघि बढिरहेका छौँ”, सभापति देउवाले भन्नुभयो, “जनतासँग प्रत्यक्ष जोडिएर सङ्घीय गणतन्त्रको सही अभ्यास गर्ने थलो स्थानीय तह हो। हाम्रो संविधानले स्थानीय तहलाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेको छ। यस्तो महत्त्वपूर्ण निकायको समन्वय र अनुगमन कायम गर्न हरेक जिल्लाका जिल्ला समन्वय समितिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।”तीन तहका सरकारका कार्यालयहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिको भूमिका रहने बताउँदै उहाँले विकासका कार्यमा सुशासनसहित समावेशिता, सहभागिता, पारदर्शिता, क्षेत्रगत एवं पर्यावरणीय सन्तुलनजस्ता उपलब्धि हासिल गर्न समन्वय समितिको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो।पालिकाहरूबीचको विवादमा समन्वयकारी भूमिका निर्वाह गरी समस्या समाधान गर्ने दायित्व पनि जिल्ला समन्वय समितिको भएको उहाँको भनाइ थियो। “कानुनी रूपले समन्वय नै मूल जिम्मेवारी भएका कारण पालिकाहरूबीच मात्र नभई प्रदेश र सङ्घबीच समन्वय गरी प्रभावकारी कार्यसम्पादन गराउने भूमिका तपाईँहरूको छ”, सभापति देउवाले भन्नुभयो, “आगामी दिनमा अनुगमन, मूल्याङ्कन र समन्वयलाई प्रभावकारी बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तहका सेवा प्रवाहलाई चुस्त बनाउन तपाईँहरूको थप ध्यान पुग्ने छ भन्ने मैले अपेक्षा गरेको छु।”सभापति देउवाले बजेट, पूर्वाधार, कानुन तर्जुमालगायत समस्यामा आफू र आफ्नो पार्टीले सहयोगी भूमिका खेल्ने बताउँदै यसमा सरकार अविभावकीय भूमिकामा रहने उल्लेख गर्नुभयो।रासस",
"link": "https://gorkhapatraonline.com/news/140346",
"image": "https://gorkhapatraonline.com/storage/media/247397/conversions/Sher-badhur-deuba-original-thumb.jpg"
},
{
"slug": "140345",
"title": "प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "प्रधान सेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको छ।",
"longContent": "काठमाडौं, माघ ११ गते। प्रधान सेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको छ।उक्त अवसरमा प्रधान सेनापतिले संयुक्त राष्ट्रसङ्घको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिइ जाने सवुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि छ सय जना र लेबनानस्थित मिसनका लागि आठ सय ५० जना सकलदर्जाले सो तालिम लिएका छन्। शान्ति सैनिकको अदलीबदलीयसैबीच राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्न चण्डीप्रसाद गण ११औँ डफ्फाका दुई सय १३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ। सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत दुई सय १२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार सात सय ५४ जना शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ।त्यसैगरी इराकमा तैनाथ गार्ड युनिटलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन्। यही माघ १० गते उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।",
"link": "https://gorkhapatraonline.com/news/140345",
"image": "https://gorkhapatraonline.com/storage/media/247396/conversions/Nepal-army-original-thumb.jpg"
},
{
"slug": "140344",
"title": "भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।",
"longContent": "काठमाडौँ, माघ ११ गते। सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ।दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ। रासस",
"link": "https://gorkhapatraonline.com/news/140344",
"image": "https://gorkhapatraonline.com/storage/media/247413/conversions/rail-accident-original-thumb.jpg"
},
{
"slug": "140343",
"title": "बाँके राष्ट्रिय निकुञ्जमा मृत पाटेबाघ भेटियो",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।",
"longContent": "गजेन्द्र गुरुङखजुरा, माघ ११ गते। बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको जानकारी दिनुभयो।“हाम्रो टोली दैनिक गस्तीकै क्रममा उक्त स्थानमा पुग्दा पाटेबाघ मृत अवस्थामा पाइयो, भाले जातिको बाघ हो, बाघ ठूलै छ, ७३ ईन्च लम्बाइ रहेको छ।” सूचना अधिकारी पंगेनीले भन्नुभयो, “बाघ अन्दाजी १२/१३ वर्ष पुगेको जस्तो देखिन्छ, आफ्नै कालगतीले मरेको जस्तो देखिन्छ।”उहाँले मृत बाघलाई निकुञ्ज कार्यालयमा ल्याएर पोष्टमार्टम गर्न लागिएको बताउनुभयो। “सरसर्ती हेर्दा प्राकृतिक मृत्यु जस्तो देखिन्छ, मृत बाघलाई निकुञ्ज कार्यालयमा ल्याएर पोष्टमार्टम गर्दैछौँ, दुई दिन अघि मृत्यु भएको जस्तो छ, बाघको पछिल्लोतिरको केही भाग अन्य जनावरले खाएको जस्तो देखिन्छ।” उहाँले भन्नुभयो, “भाले प्रजातिकै अर्को बाघसँगको लडाइँमा मरेको पनि हुनसक्छ, पोष्टमार्टम रिपोर्ट आएपछि सबै कुराको जानकारी आउनेछ।”बर्दिया राष्ट्रिय निकुञ्जबाट भेटेनरी डाक्टरलाई बोलाएर बाघको पोष्र्टमाटम गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।",
"link": "https://gorkhapatraonline.com/news/140343",
"image": "https://gorkhapatraonline.com/storage/media/247393/conversions/tiger-original-thumb.jpg"
},
{
"slug": "140342",
"title": "अस्पताल लान ढिला हुँदा जुम्लामा सुत्केरी र नवजात शिशुको मृत्यु",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो।",
"longContent": "नेत्र शाही जुम्ला, माघ ११ गते। जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार घरबाट बेहोस भएर अस्पताल गएकी ती सुत्केरी आमालाई आइसियूमा राखिएको थियो। उहाँको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो। उहाँको बच्चाको भने माघ ३ गते अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो। प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार गत माघ ३ गते ११ः२४ बजे बेहोस् अवस्थामा पुग्नुभएकी उहाँलाई भेन्टिलेरमा राखिएको थियो। उहाँले भन्नुभयो, “सुत्केरी आमाको स्वास्थ्य गम्भीर अवस्थामा देखेपछि दुई, तीन मिनेटमै आइसियूको भेन्टिलेटरमा उपचार सुरु गरेका थियौं। परिवारले अस्पताल ढिला पुर्याउँदा दुःखद् घटना भयो।” उहाँले सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरेर अस्पताल ल्याउन अनुरोध पनि गर्नुभयो। परिवारका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई माघ २ गते राति नै सुत्केरी व्यथा लागेको थियो। समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुर्याइएको थियो। मृतक शाहीका भाइ तातोपानी २ डाँगीवाडाका धिरेन्द्र डाँगीका अनुसार अस्पताल पुर्याउन ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभयो। आईसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरेको थियो। परिवारले काठमाडौँ लान पहल गरेको थियो। तर जिल्ला बाहिर पनि लान सकिने अवस्था बनेन। सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वयम्सेविका छुमकली सार्कीले आफूले बिहान ९ बजे मात्रै थाहा पाएको र सुत्केरीको अवस्था गम्भिर भएपछि आफूसहितले अटोमा अस्पताल पु¥याएको जानकारी दिनुभयो। यता, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई यो बिषयमा जानकारी नै नभएको बताउनुहुन्छ। उहाँले आफूलाई खबरै नआई एक्कासी मृत्युको खबर सुनेको प्रतिक्रिया दिनुभयो। जनचेतना अभावका कारण यस किसिमको घटना घटेको भन्नुहुँदै उहाँले जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने बताउनुभयो। सुत्केरीको घर तातोपानी १ बाइराँका सड्क नजिकै छ, सदरमुकाम पुग्न आधा घण्टा मात्रै लाग्छ तर समयमा अस्पताल पुर्याउन नसक्दा दुखद् घटना भएको सरोकारवाला बताउछन्।",
"link": "https://gorkhapatraonline.com/news/140342",
"image": "https://gorkhapatraonline.com/storage/media/247395/conversions/dead-body-original-thumb.jpg"
},
{
"slug": "140341",
"title": "सहमतिपछि साँफेमार्तडी सडक खण्ड सञ्चालन",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "साँफे-मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बुढीगङ्गा नगरपालिका-८ बेतालमाण्डौ बजार नजिक बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वारको बसको ठक्करबाट ज्यान गएको थियो।",
"longContent": "शेरबहादुर सार्कीबाजुरा, माघ ११ गते। बाजुराको साँफे-मार्तडी सडक खण्ड आज देखि सुचारु भएको छ। साँफे-मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बुढीगङ्गा नगरपालिका-८ बेतालमाण्डौ बजार नजिक बस्ने कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वारको बसको ठक्करबाट ज्यान गएको थियो। गत बिहीबार दिउँसो साढे तीन बजे मार्तडीदेखि महेन्द्रनगर जादै गरेको सु प प्र ०१–००१–१०२० नम्बरको बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटना स्थलमै बालकको ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए।शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा पीडित, जनप्रतिनिधि, बसमालिका बस व्यवसाय समितिको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा छलफल भएपछि दिउँसो चार बजेबाट सो सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख मेघनाथ पाध्याले पीडितको आफन्तलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिने सहमति भएपछि सडक सुचारु गरिएको बताउनुभयो।",
"link": "https://gorkhapatraonline.com/news/140341",
"image": "https://gorkhapatraonline.com/storage/media/247391/conversions/sadaka1-original-thumb.jpg"
},
{
"slug": "140340",
"title": "बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ।",
"longContent": "केदार तिमल्सिना बनेपा, माघ ११ गते। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ।बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको बस्तीमा असर पुग्ने देखिएपछि सिम्रिक एयरको हेलिकप्टरको सहायताले बस्ती केन्द्रीत डढेलो नियन्त्रणमा लिइएको हो। बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बस्ती केन्द्रीत डढेलो नियन्त्रणमा लिइएपनि महाभारत सामुदायिक वनमा लागेको डढेलो भने नियन्त्रणमा लिन नसकिएको बताउनुभयो। उहाँका अनुसार सामुदायिक वनमा लागेको डढेलोका कारण बेथानचोकको वडा नम्बर–१ र २ को सिमानाको बस्ती तथा खानेपानीको स्रोतहरुमा क्षति पुग्ने देखिएपछि गृह मन्त्रालयमा अनुरोध गरेर हेलिकप्टरको माध्यमबाट बस्ती र खानेपानीको स्रोतको डढेलो नियन्त्रणमा लिइएको हो। हेलिकप्टर र स्थानीयबासीको सहयोगमा ज्वानेथुम्के र रमिते डाँडामा लागेको डढेलो नियन्त्रणमा लिइएको उहाँको भनाइ छ। अध्यक्ष अधिकारीले बेथानचोक गाउँपालिका–२ नाङ्गेचौर पार्कमा रहेको पोखरीमा रहेको २४ हजार लिटर पानीबाट बस्ती र खानेपानीको स्रोतमा असर गर्ने डढेलो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। महाभारत सामुदायिक वनमा लागेको डढेलो भीर, पहरामा रहेकोले नियन्त्रणमा लिन नसकिने अवस्थामा रहेको थियो। डढेलो नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार दिउँसोबाट नै केही सङ्ख्यामा प्रहरी परिचालन गरेको छ।",
"link": "https://gorkhapatraonline.com/news/140340",
"image": "https://gorkhapatraonline.com/storage/media/247390/conversions/fire-original-thumb.jpg"
},
{
"slug": "140339",
"title": "विद्यालय शिक्षा ऐन चाँडै आउँछ : शिक्षामन्त्री भट्टराई",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। शुक्रबार सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।",
"longContent": "गुणबहादुर रोका सुलीकोट, माघ ११ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताउनुभयो। शुक्रबार सरस्वती मावि गोनपा – ८ आहालेको स्वर्णजयन्तीको समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। “विद्यालय शिक्षा ऐन संसदमा छ, तपाइहरुलाई लाग्न सक्छ त्यो कहिले आउछ”, मन्त्री भट्टराईले भन्नुभयो, “हामी विद्यालय शिक्षा ऐन चाँडै ल्याउन काम गरिरहेका छौ, संसदीय समितिहरुले संशोधनकर्तासँग छलफल गरेर विद्यालय शिक्षा ऐनको बारेमा तीन दिन दफादार छलफल पनि भइसकेको छ।”मन्त्री भट्टराईले अहिले संसदीय समितिका सदस्यहरु छलफलमा रहेको भन्नुहुँदै विद्यालय शिक्षा ऐन संसदमा पास गर्न लागि पर्ने स्पष्ट पार्नुभयो। विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन खबरदारी आवश्यक भएको उहाँको भनाइ छ। उहाँले यो विधेयक संसदमा पास गरेर विद्यालय शिक्षा ऐन ल्याइने दाबी गर्नुभयो। उहाँले शिक्षक सरुवा सम्बन्धी निर्देशिकाले सरुवामा देखिएका केहि बेथितीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो। शिक्षक निर्देशिका अदालतमा विचाराधीन भएकाले अदालतको फैसलापछि निर्णयमा पुगिने मन्त्री भट्टराईको भनाइ छ। शिक्षाको विकासको लागि तीनै तहको सरकारको समन्वय हुनुपर्ने भन्नुहुँदै मन्त्री भट्टराईले स्थानीय तहमा स्रोत साधनमा वृद्धि गर्नुपर्ने बताउनुभयो। अन्तराष्ट्रिय मान्यता अनुसार शिक्षामा २० प्रतिशत बजेट वृद्धि गर्न पहल गरिने उहाँको भनाइ छ।",
"link": "https://gorkhapatraonline.com/news/140339",
"image": "https://gorkhapatraonline.com/storage/media/247389/conversions/Bidhya-bhattari-original-thumb.jpg"
},
{
"slug": "140337",
"title": "सिद्धार्थ सुरुङ मार्ग सात महिनामै ‘ब्रेक थ्रु’",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग सात महिनामै छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो ।",
"longContent": "लक्ष्मण पौडेल/रेखीराम रानातानसेन, माघ ११ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग सात महिनामै छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण सुरु गरेको सात महिनामै ‘ब्रेक थ्रु’ गरिएको हो । मुख्य सुरुङ खनेको सात महिनामै उत्तर–दक्षिण मार्ग छिचोलिएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । ‘सबैको सहयोग र सहकार्यमा सात महिनामै सुरुङ मार्ग ‘ब्रेक थ्रु’ गर्न सफल भएका हौँ, अधिकारीले भन्नुभयो सबैको सहयोग भयो भने काम गर्न समय लाग्दैन भन्ने उदाहरण हो ।’ दुई वर्षअघिदेखि सुरुङ् मार्गको प्रारम्भिक काम भए पनि मुख्य सुरुङ खनेको सात महिनामै छिचोलिएको उहाँको भनाइ छ ।सुरुङ मार्ग छिचोलिएपछि अब लाइनिङ र विद्युतीकरणको काम सुरु हुनेछ । सुरुङ मार्गको भित्री भागमा लाइनिङ र विद्युतीकरणको काम गर्न अझैँ दुई वर्ष लाग्ने आयोजनाको कार्यालयले जनाएको छ । यस्तै बाहिर भागमा पनि दुई वटा हेलिप्याडसहितको काम गर्न बाँकी छ । सुरुङ् मार्गको बाहिरी क्षेत्रमा वाल उठाउने, बाटो चौडा गर्ने, रक सेड र रकनेट गर्ने कार्य भइरहेको छ । सुरुङ् मार्गको दक्षितर्फ दुई हजार तीन सय वर्गमिटर र उत्तरतर्फ एक हजार एक सय वर्गमिटर रकनेट र रकसेड प्रविधिमा प्रोटेक्सनको काम हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । सुरुङ् मार्ग छिचोलिए पनि भित्र र बाहिरको कामले तीव्रता पाउने उहाँले उल्लेख गर्नुभयो । पाँच वर्षमा काम सक्ने गरी सरकारले वि.स. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम थालेको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । हालसम्म एक हजार एक हजार ८९ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । कुल एक हजार १२६ मिटर सुरुङ खन्नुपर्ने भएपनि एक हजार ८९ मिटरमै सुरुङ् जोडिएको आयोजनाका प्रमुख अधिकारीले जानकारी दिनुभयो । सुरुङ मार्गको हालसम्म मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सुरुङको दक्षिणतर्फ ६१० र उत्तरतर्फ ४७७.२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ र तेस्रो १३० मिटर लामा बाइपास टनेल छिचोलिएका छन् । सिद्धार्थ राजमार्ग बनेको ५० वर्षपछि यही मार्गको जोखिम मानिएको पाल्पाको तिनाउ–३, स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन सुरु गरिएको हो । सुरुङ् मार्ग छिचोलिएपछि पाल्पा तथा आसपासका नागरिकले खुसी व्यक्त गरेका छन् । वर्षात् र हिउँदमा पनि पहिरो र ढुङ्गा झर्ने जोखिम मोलेर यात्रा गरेका यात्रुले सुरुङ मार्ग बनेपछि दुर्घटनाको जोखिमबाट मुक्त भइने आशा गरेका हुन् । सिद्धार्थ राजमार्ग भएर हाल पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, बाग्लुङ्, पर्वतलगायतका नागरिकले यात्रा गर्दछन् । यसैबीच सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सहभागी हुनुभयो । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, चिनियाँ राजदूत चेङ् सोङ्लगायत सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।",
"link": "https://gorkhapatraonline.com/news/140337",
"image": "https://gorkhapatraonline.com/storage/media/247387/conversions/vice-prime-minister-photo-original-thumb.jpg"
},
{
"slug": "140336",
"title": "ज्यान मार्ने कसुरमा फरार रहेका दुई जना पक्राउ",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा फरा रहेका दुई जनालाई पक्राउ गरेको छ।",
"longContent": "काठमाडौँ, माघ ११ गते। प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा फरा रहेका दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार २०८१ कात्तिक ११ गते बिहान ११ः३५ को समयमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३ लाजिम्पाटस्थित नोभा अस्पतालको पार्किङमा विक्रम लामालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भिर घाइते बनाइ उनीहरु फरार रहेका थिए। उक्त घटनाका मुख्य अभियुक्त ३४ वर्षीय अजय लामा र ३२ वर्षीय दिपक बरामुलाई प्रहरी टोलीले यही माघ ९ गते कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। स्थायी घर नुवाकोट, ककनी गाउँपालिका–४ भएका लामा र स्थायी घर गोरखाको सुलिकोट गाउँपालिका–७ भएका बरामु हाल काठमाडौं बस्दै आएका थिए। यसैगरी, क्रोएसिया पठाउने भनी पाँच लाख ७५ हजार रुपियाँ ठगी गर्ने ४० वर्षीय लालिमाया दर्लामी पक्राउ पर्नुभएको छ। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी दर्लामी सम्कर्पविहीन बनेका थिए। स्थायी घर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ रहेका दर्लामी हाल काठमाडौँ बस्दै आएका थिए। प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाएको छ।",
"link": "https://gorkhapatraonline.com/news/140336",
"image": "https://gorkhapatraonline.com/storage/media/247386/conversions/pakrau-original-thumb.jpg"
},
{
"slug": "140333",
"title": "प्रबन्ध सम्पादक देवकोटा र थापाको बिदाइ",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ का प्रबन्ध सम्पादक परमेश्वरप्रसाद देवकोटा र प्रेस मर्मत शाखाका हरिशरण थापाको बिदाइ गरिएको छ ।",
"longContent": "काठमाडौँ, माघ ११ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ का प्रबन्ध सम्पादक परमेश्वरप्रसाद देवकोटा र प्रेस मर्मत शाखाका हरिशरण थापाको बिदाइ गरिएको छ । देवकोटा उमेर हदका कारण र थापा राजीनामा दिएर संस्थानबाट बिदाइ हुनुभएको हो। शुक्रबार आयोजित कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले उहाँहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेर बिदाइ गर्नुभयो । वि.सं. २०५१ साउन २६ गते पत्रकारिता सेवा, अंग्रेजी समूहको दि राइजिङ नेपाल दैनिकमा तह–७ को उपसम्पादक पदमा स्थायी सेवामा प्रवेश गर्नुभएका प्रबन्ध सम्पादक देवकोटा माघ १२ गतेबाट सेवा निवृत्त हुनुभएको हो । उहाँले संस्थानमा ३० वर्ष ५ महिना १५ दिन सेवा गर्नुभएको छ । यसैगरी, थापाले घरायसी कारणले माघ १० गतेबाट लागू हुने गरी पदबाट दिनुभएको राजीनामा माघ ९ गते स्वीकृत गरिएको जानकारी संस्थान व्यवस्थापनले दिएको छ । उहाँले संस्थानमा ३८ वर्ष एक महिना २३ दिन सेवा गर्नुभएको छ ।बिदाइ कार्यक्रममा बोल्ने वक्ताले देवकोटा मिजासिलो, मेहनती, परिश्रमी, धैर्यवान, कामको नतिजामा विश्वास गर्ने हक्की स्वभावको भएको चर्चा गर्दै उहाँको भावी जीवन सुखमय, स्वस्थ र आनन्ददायी रहोस भनी कामना गर्नुभयो । यस्तै, उहाँहरुले संस्थानमा थापाको सीप, अनुभव, लगनशीलता प्रशंसनीय रहेको भन्दै सेवामा रहँदा पुर्याएको योगदान अनुकरणीय छ भन्नुभयो । संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले संस्थानले अनुभवी, इमान्दार र दक्ष जनशक्ति बिदाइ गर्नुपरेको छ, यो स्वाभाविक प्रक्रिया भए पनि उहाँहरुको अभाव महसुस हुने बताउनु भयो । उहाँले देवकोटा धैर्यवान, संस्कारयुक्त, सहकर्मीसँग सौहार्द्धरुपमा कार्य गर्न सक्ने क्षमता भएको पत्रकार संस्थान सेवाबाट बाहिरिँदा चिन्ता लागेको बताउनुभयो । उहाँले थापा सीपयुक्त र मेहनती भएको चर्चा गर्नुभयो । संस्थानका महाप्रबन्धक ऐरीले संस्थान सेवामा उहाँहरुले पुर्याउनु भएको योगदानका लागि आभार व्यक्त गर्दै देवकोटा र थापाको अनुभवले समाज विकासमा समेत योगदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुको रिक्तता संस्थानले तत्कालै पूर्ति गर्न कठिन रहेको छ भन्दै महाप्रबन्धक ऐरीले देवकोटा बहस गर्दा कडा स्वभावजस्तो देखिए पनि व्यवहारमा सरल र जुझारु भएको उल्लेख गर्नुभयो । दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले देवकोटाको अनिवार्य अवकाश भए पनि व्यावसायिक रिक्तता खट्किने छ भन्दै उहाँ कडा मेहनती, साथीसँग खुलस्तसँग घुलमिल गर्न सक्ने र आफ्ना भनाइ स्पष्ट राख्ने सहकर्मी रहेको चर्चा गर्नुभयो । संस्थान सञ्चालक समिति सदस्य तथा अर्थ विभाग प्रमुख राजुकुमार महतले स्थायी सेवाका कर्मचारी अवकाश हुँदै जाने र पदपूर्ति हुन नसक्दा दक्ष जनशक्तिको रिक्तता बढ्दै गएको बताउनुभयो । उहाँले संस्थानले विनियमावली ल्याउने प्रयास जारी राखेको बताउनुभयो । मर्मत शाखाका प्रमुख बद्रीप्रसाद चालिसेले थापा मिलनसार र महेनती सहकर्मी सेवाबाट अलग हुँदा सेवा प्रवाहमा रिक्तता आउने बताउनुभयो । सेवा निवृत्त देवकोटा र थापाले संस्थानको उत्तरोत्तर प्रगति भएको देख्न र सुन्न चाहेको बताउनुभयो ।",
"link": "https://gorkhapatraonline.com/news/140333",
"image": "https://gorkhapatraonline.com/storage/media/247383/conversions/gopa-final-original-thumb.jpg"
},
{
"slug": "140335",
"title": "ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।",
"longContent": "वासिङ्टन, माघ ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ ।राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो ।ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताउनुभएको छ । ‘इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान चलिरहेको छ,’ उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गर्नुभएको थियो । राष्ट्रपतिको रूपमा आफ्नो पहिलो हप्ताको दोस्रो दिन ट्रम्पले भारी आयात करको साथ प्रहार गर्ने आफ्नो निर्वाचन अभियानमा बारम्बारको प्रतिज्ञाका बावजुत फक्स न्यूजसँगको अन्तवार्तामा भन्नुभयो, “अमेरिकाको सबैभन्दा ठुलो आर्थिक प्रतिद्वन्द्वी (चीन) लाई भारी आयात करको साथ प्रहार गर्ने आफ्नो बारम्बार प्रतिज्ञाका बावजुत चीनमाथि तत्काल कर वृद्धि हुनेछैन ।” उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफूले यसअघि तीन पटक भेटेको र उहाँलाई ‘स्मार्ट मान्छे’ को संज्ञा दिनुभएको थियो ।आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो र आप्रबासीलार्ई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने वाचा गर्दै त्यस क्षेत्रमा थप सेना तैनाथ गर्ने घोषणा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा अनुमानित एक करोड १० लाख गैरकानुनी आप्रवासी छन् ।बिहीबार न्यूजर्सीको नेवार्क शहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) का एजेन्टहरूले “एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिना कागजात वा अवैध कागजातबाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ ।” बाराकाका अनुसार छापामार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए ।आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ । आइसिईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानून अनुसार निर्वासित गर्न सकिने गैर–नागरिकहरूलाई हिरासतमा राख्छ । रासस/एएफपी",
"link": "https://gorkhapatraonline.com/news/140335",
"image": "https://gorkhapatraonline.com/storage/media/247380/conversions/AP25020845712399-original-thumb.jpg"
},
{
"slug": "140334",
"title": "सुशासन र आर्थिक समृद्धिकै पक्षमा छौँ : अध्यक्ष प्रचण्ड",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।",
"longContent": "गोकर्ण पौडेल तुलसिपुर, माघ ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र आर्थिक सुशासनकै पक्षमा रहेको बताउनुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि प्रतिपक्षमै रहेर आवाज उठाउँदै आएको बताउनुभयो ।सत्ता वा प्रतिपक्षमा रहँदासमेत जनताका आवश्यकतालाई प्राथमिकता दिएको अध्यक्ष प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले विगतका कमिकमजोरीलाई सच्याउँदै जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । उहाँले माओवादी केन्द्रको जनाधार राप्ती क्षेत्रबाटै नेतृत्वलाई सुधार गर्दै लैजाने आफूले सन्देश प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले जनतामाझ पूर्ण समानुपातिकको मुद्दालाई स्थापित गर्दै लैजाने बताउनुभयो । नेकपा माओवादी केन्द्र तुलसिपुर नगरअधिवेशन तथा जिल्लास्तरीय खबरदारी सभा नगरसभाका अध्यक्ष मोहन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।",
"link": "https://gorkhapatraonline.com/news/140334",
"image": "https://gorkhapatraonline.com/storage/media/247378/conversions/caf49203-85ec-43e7-8ea8-e62ab82033f8-original-thumb.jpg"
},
{
"slug": "140332",
"title": "भाटभटेनीको एकीकृत कर प्रणालीमा विद्युतीय कसुर गर्ने दुई जना पक्राउ",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "प्रहरीले भाटभभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वभाविक कर विवरण पेस गर्ने दुई जनालाई पक्राउ गरेको छ ।",
"longContent": "काठमाडौं, माघ ११ गते । प्रहरीले भाटभभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वभाविक कर विवरण पेस गर्ने दुई जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार ‘विद्युतीय कारोबार ऐन, २०६३’ परिच्छेद ९ (कम्युटर सम्बन्धी) कसुरमा २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे पक्राउ परेका छन् । यही माघ ५ गते आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच पु¥याइ भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर दायित्व छ करोड २६ लाख ९४ हजार १९ लाई हेरफेर गरी १३ करोड नौ लाख ५९ हजार ६०९ रुपियाँ गलत तथ्याङ्क राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत प्रविष्ट गर्ने कार्य गरेको देखिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुले आफू सङ्लग्न अडिट फर्मको तर्फबाट आन्तरिक राजस्व विभागको पोर्टलमा गइ विभिन्न करदाताहरुको कारोबारको विवरण आफू अनुकूल हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हानी नोक्सानी पु¥याउने तथा लाभ लिने कार्य गरेका हुन् ।स्थायी घर पर्वत भइ हाल चितवन बस्ने पराजुली र स्थायी घर गोरखा भइ हाल चितवन बस्ने पाण्डेलाई पक्राउ गरी थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।",
"link": "https://gorkhapatraonline.com/news/140332",
"image": "https://gorkhapatraonline.com/storage/media/247377/conversions/bhat-bhatini-original-thumb.jpg"
},
{
"slug": "140331",
"title": "बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन माघ १८ गतेदेखि",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "बागमती प्रदेश सरकारको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पन्ध्रौँ अधिवेशन यही माघ १८ गते गर्न प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।",
"longContent": "राममणि दाहालहेटौँडा, माघ ११ गते । बागमती प्रदेशको प्रदेश सभाको पन्ध्रौ अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पन्ध्रौँ अधिवेशन यही माघ १८ गते गर्न प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको पन्धौँ अधिवेशन माघ १८ गतेबाट सुरु गर्ने गरी आह्वान गर्न मन्त्री परिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हिउँदे अधिवेशनका रुपमा प्रदेश सभाको पन्धौ अधिवेशन माघ १८ गते बिहान ११ बजेबाट बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । प्रदेश सरकार कामकाजको भाषा ऐन २०८० लाई कार्यन्वयन गर्न अध्ययन गरी सुझाव दिन गठित कार्यदलको प्रतिवेदन स्विकार गर्ने, प्रदेश चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, बागमती प्रदेश भवन नीति स्विकृत गर्ने र जग्गा एकिकरण (ल्याण्ड पुलिङ) सम्बन्धी विधेयक बनाउन मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती प्रदानगर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको मन्त्री लामिछाने बताउनुभयो । मन्त्री लामिछानेले मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्विकृतगर्ने निर्णय गरेको बताउनुभयो । बागमति प्रदेश सभाको चौधौ अधिवेशन अर्थात् बजेट अधिवेशन गत असोज १६ गते रातिबाट अन्त्य गरिएको थियो ।",
"link": "https://gorkhapatraonline.com/news/140331",
"image": "https://gorkhapatraonline.com/storage/media/247376/conversions/lamichane-original-thumb.jpg"
},
{
"slug": "140330",
"title": "उपराष्ट्रपति यादव र जापानी राजदूत तोरुबिच भेटवार्ता",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।",
"longContent": "काठमाडौं, माघ ११ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानी लगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र जापानबिच ऐतिहासिक सम्बन्ध रहिआएको उल्लेख गर्नुहुँदै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको दुई देशबिचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको बताउनुभयो । ‘दुई देशबिच औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा पनि द्विपक्षीय सम्बन्ध उत्तिकै बलियो रहिआएकोमा खुशी व्यक्त गर्दछु ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाललाई भूकम्पलगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति धन्यवाद दिन चाहन्छु ।’’उहाँले नेपालले सदैव जापानसँगको सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिएको उल्लेख गर्नुहुँदै हाम्रा दुई देशका सरकार र जनस्तरमा अत्यन्त सुमधुर सम्बन्धका साथ राम्रो मित्रता, समझदारी र सहयोगी भावना अभिवृद्धि भइरहेको बताउनुभयो । ‘‘नेपाल र जापानबिच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएकोमा तपाईं (महामहिम राजदूत) को कार्यकालमा हाम्रो सम्बन्ध थप प्रगाढ हुनेमा म विश्वस्त छु ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘दुई देशबिच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदान नेपाल र जापानबिच रहिआएको अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम हो । यी भ्रमणहरूले हाम्रा दुई देशबिचको गतिशील सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको छ ।’’उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान सन् १९५४ देखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहिआएको बताउनुभयो । ‘‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । हामी औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’’उपराष्ट्रपति यादवले मानव संसाधन विकासमा जापानले नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार रहेकोमा खुशी व्यक्त गर्नुभयो । ‘‘नेपाल ‘२०२५ वर्ल्ड एक्सपो’, ओसाका, जापानमा सहभागी हुन लागेकोमा खुशीको विषय हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्याउनुका साथै नेपाली उत्पादनहरु प्रदर्शन गर्ने पर्याप्त अवसर सृजना गर्न सक्दछ ।’’ उहाँले नेपालको समग्र सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद व्यक्त गर्दै महामहिमले आगामी दिनमा हाम्रा आर्थिक सहयोग र सहकार्यका विषयहरु एवम् द्विपक्षीय व्यापार तथा लगानीका विषयहरुलाई उच्च प्राथमिकता दिँदै नेपाल–जापान सम्बन्ध थप उचाईमा पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो । नेपालका लागि जापानका महामहिम राजदूत मायदा तोरूले नेपाललाई जापानी सहयोग जारी रहने उल्लेख गर्दै नागढुङ्गा सुरुङ मार्ग यसै वर्ष सञ्चालनमा आउने बताउनुभयो । ‘‘नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना पूर्वदेखि नै राम्रो र मजबुत सम्बन्ध छ ।’’ उहाँले भन्नुभयो, ‘‘मेरो कार्यकालमा देश–देशबिच मात्र नभई व्यक्ति–व्यक्तिको सम्बन्ध बलियो बनाउने प्रयास हुनेछ ।’’ राजदूत तोरुले नेपालले ओसाका एक्स्पोमा सहभागिता जनाउने विषयले आफू खुशी भएको बताउनुभयो ।",
"link": "https://gorkhapatraonline.com/news/140330",
"image": "https://gorkhapatraonline.com/storage/media/247375/conversions/_MG_6837-original-thumb.jpg"
},
{
"slug": "140329",
"title": "दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर भएको छ ।",
"longContent": "काठमाडौं, माघ ११ गते । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अधिकारीले वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनका लागि प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पदोन्नति भएको पाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजविरुद्ध कैद र जरिवाना सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।यसैगरी, चितवनको भरतपुर नगरपालिका वडा नं. २६ बस्ने नन्दलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार सरकारी साक्षीका रुपमा पेस गरिएका पौडेलले सञ्चालन गरेको ‘ए प्लस मेडिको’ बाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा औषधी सप्लाई गरेबापत प्राप्त गर्नुपर्ने भुक्तानी रकम प्राप्त गर्नका लागि प्रतिवादी अमृता कोइरालालाई एक लाख ५० हजार रुपियाँ नगद र चेक चार लाख ५० हजार रुपियाँ गरी जम्मा ६ लाख रुपियाँ घुस दिएका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम पौडेललाई जरिवाना हुन एवम् प्रतिवादी अमृता कोइरालाले लिइसकेको घुस रकम ६ लाख रुपियाँ बिगोसमेत जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।",
"link": "https://gorkhapatraonline.com/news/140329",
"image": "https://gorkhapatraonline.com/storage/media/247372/conversions/Akhatiyar-original-thumb.jpg"
},
{
"slug": "140328",
"title": "सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छः मन्त्री यादव",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।",
"longContent": "काठमाडौं, माघ ११ गते । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री यादवले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खानेपानी नपुगेका उपभोक्तालाई समेत खानेपानी पुर्याउने गरी बजेट ल्याउने जानकारी दिनुभयो । मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्याउन समस्या भएको बताउनुभयो । उहाँले वर्तनमा सरकार आगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताउनुभयो । उहाँले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको जानकारी दिनुभयो । उहाँले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि उहाँको भनाइ छ । ‘‘विगतका मन्त्रीले कुन खालको बजेट बनाउनुभयो थाहा भएन । अबको बजेट हिमाली, पहाडी वा तराईका जनताको हकमा बन्छ । खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएका छौं । अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बन्छ ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘यो कार्यान्वयन हुन्छ । कसैको प्रभावमा खानेपानी मन्त्रालय पर्दैन । १०० प्रतिशत नागरिकको घरमा पानी जाने गरी योजना बनाएका छौं ।’’उहाँले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गर्नुभयो । उहाँले मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याइने सरकारको योजना रहेको बताउनुभयो । ‘‘मेलम्चीमा भएको भ्रष्टाचारको विषयमा अदालतले निर्णय गरिसकेको छ । मेरो कार्यकालमा भ्रष्टाचार हुँदैन त्यसको ग्यारेन्टी लिन्छु । मेलम्चीको नयाँ पाइपलाइनहरु धेरै विस्तार भएको छ ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘पाइपमा चुहावट देखिएको छ । नयाँ बनाउँदा समस्या आउने भइरहेको छ । प्राविधिकहरु फिल्डमा नै काम गरिरहेका छौं । समस्या भएको ठाउँमा समाधान गरेर सरकार अघि बढ्छ । मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको छ ।’’",
"link": "https://gorkhapatraonline.com/news/140328",
"image": "https://gorkhapatraonline.com/storage/media/247373/conversions/1737707783-hGnzz-original-thumb.jpg"
},
{
"slug": "140327",
"title": "मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ ।",
"longContent": "अमरराज नहर्कीतनहुँ, माघ ११ गते । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार कालोपत्रे गर्ने काम तदारुकताका साथ भइरहेको ७१.१ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको छ । चार लेनको ३४–३४ गरी ६८ किलो किलो मिटर, दुई लेनको तीन किलोमिटर गरी ७१ किलोमिटर कालोपत्र भइसकेकाे छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढेको छ । कालोपत्र गरिएको ७१ किलोमिटरमध्ये ३५ किलोमिटर सडकमा डबल लेयर (अन्तिम कालोपत्र) सकिएको छ । बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप चार सेन्टिमिटर थप्ने कार्य धमाधम गरिएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ ।दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ६० प्रतिशत पूरा भएको पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।",
"link": "https://gorkhapatraonline.com/news/140327",
"image": "https://gorkhapatraonline.com/storage/media/247369/conversions/road-original-thumb.jpg"
},
{
"slug": "140326",
"title": "सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर",
"timestamp": 1737676800000,
"source": "gp",
"content": "सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।",
"longContent": "सिङ्गापुर, माघ ११ गते । सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ । सिंगापुरको आर्थिक वृद्धिको गति सुस्त भएको र यस वर्ष कोर मुद्रास्फीतिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा यो निर्णय आएको हो ।एमएएसले आवास र निजी यातायातको लागतबाहेकका मुद्रास्फीतिको प्रवृत्तिको पूर्वानुमान गर्छ र यो सन् २०२५ मा औसत १.० प्रतिशत देखि २.० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ भने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) का सबै वस्तुहरूको मुद्रास्फीति औसत १.५ प्रतिशत देखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ । रासस/सिन्ह्वा",
"link": "https://gorkhapatraonline.com/news/140326",
"image": "https://gorkhapatraonline.com/storage/media/247363/conversions/Untitled-2-original-thumb.jpg"
}
]
}